संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ५    
जनसंख्या: २१,७४२
क्षेत्रफल: ३१.६६ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: लक्ष्मीनिवास, भूचक्रपुर, बटेश्वर र शान्तिपुर गा.वि.स.

निकायको स्वरुप र प्रकृतिः

नेपाल सरकारको स्थानीय सरकारको अबधारणा अनुसार नेपाल भर रहेका ७५३ स्थानीय तह मध्ये बटेश्वर गाँउपालिका पनि एक हो।मधेश प्रदेश,अनतर्गत धनुषा जिल्लाको उत्तर पश्चिम भागमा विविध भैगोलिक तथा सामाजिक विशेषता समेटदै मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविकका बटेश्वर गा.वि.स.,भुचक्रपुर गा.वि.स.,शान्तिपुर गा.बि.स,लक्ष्मिनिवास गा.वि.सहरुलाइ समायोजन गरि धार्मिक स्थल बटेश्वर नाथ माहादेवको नामबाट यो गाँउपालिकाको नाम बटेश्वर गाँउपालिका नामाकरण गरिएको हो।यस बटेश्वर गाँउपालिकामा साविकका ४ वटा गा.वि.स समायोजन गरि जम्मा ५ वटा वडाहरुमा विभाजन गरिएको छ।यो गाँउपालिकाले ३१.६६वर्ग कि.मी क्षेत्रफल ओगटेको छ भने यो गाँउपालिका धनुषा लिल्लाको सदरमुकाम जनकपुरधामबाट २५ कि.मी.उतर पश्चिममा अवस्थित छ।२०७८ सालको जनगन्ना अनुसार यस गाँउपालिकाको जम्मा जनसंख्या २१७४२ रहेको छ।जसमा जम्मा घरधुरी ४६४७ संख्या,जम्मा पुरुष संख्या १०७०८ र जम्मा महिला संख्या ११०४३ रहेको छ।